+
+

‘सोल अफ द कमाण्डो’को मुनाफाबाट गरिब तथा असहायलाई सहयोग गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १७:११

सोउल । फिल्म ‘सोल अफ द कमाण्डो’ले मुनाफाको १० प्रतिशत गरिब तथा असहायलाई सहयोग गर्ने भएको छ । दक्षिण कोरियामा २१ जनवरीबाट प्रदर्शन भइरहेको फिल्मको मुनाफाको केही रकम सहयोगका लागि छुट्टाइएको प्रदर्शन व्यवस्थापन समितिका संयोजक बलुहाङ राईले जानकारी दिए ।

खोटाङ सेवा समाज दक्षिण कोरियाका महासचिव समेत रहेका राईका अनुसार फिल्म प्रदर्शन नै तेक्वान्दो ग्राण्ड मास्टर राजकुमार राईको सम्मानमा भएकाले मुनाफाबाट पनि निश्चित रकम सहयोगमा खर्चिइने भएको हो ।

फिल्ममा दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता खेलाडी राजकुमार राईको प्रमुख भूमिका छ । पूर्वब्रिटिश आर्मी राजकुमार राईले यसअघि फिल्म ‘द कमाण्डो’ मा अभिनय गरेका थिए । त्यसको २४ वर्षपछि उनले ‘सोल अफ द कमाण्डो’मार्फत अभिनयमा पुनरागमन गरेका हुन् । नेपालमा भने फिल्म गत २३ मंसिरमै रिलिज भइसकेको छ ।

युवराज राई (वीरबहादुर) कार्यकारी निर्माता रहेको एक्सन प्रधान फिल्मका निर्माता मिलन राई, रवि थापा र धन लिम्बू हुन् ।

फिल्मका मुख्य कलाकार राईले सन् १९८६ मा कोरियामा सम्पन्न दशौं एसियाली खेलकुदमा तेक्वान्दोबाट कास्य र सन् १९९९ मा नेपालमा सम्पन्न साफमा स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?