+
+

गृह मन्त्रालय हाम्रो हो, निर्णय गर्ने अधिकार अन्य दललाई छैन : रास्वपा महामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १८:२८

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ ।

आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको दावी गरे ।

‘समस्या जुान आएको थियो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको समस्या हो । अन्य दलहरुमा आएको होइन, त्यसैले अन्य दलहरुले समस्याको रुपमा लिन जरुरी छैन’ उनले भने, ‘यो हाम्रो समस्या भएको कारणले र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’

महामन्त्री ढकालका अनुसार अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो लगाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?