+
+

संसदका सिटमा सांसदको नाम लेख्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १८:४३

१५ माघ, काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रत्येक सांसदको सिटमा नाम (नेम प्लेट) राख्ने प्रस्ताव प्रस्तुत भएको छ ।

आइतबार सिंहदरवारमा बसेको मस्यौदा समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।

शाही भन्छन्, ‘हाजिर गर्ने र हिँड्ने माननीयलाई रोक्न पनि यो आवश्यक छ ।’

सांसदको नाम कुर्सीमा लेख्दा हाजिर गरेर हिँड्ने तथा बैठकमा अनुपस्थित हुनेको नाम जनताले थाहा पाउने हुँदा त्यो सार्वजनिक जवाफदेहिताको विषय बन्ने उनको दाबी छ । भन्छन्, ‘यसरी पनि हामी माननीयहरुलाई सिस्टममा हिँडाउनुपर्ने छ ।’

नेम प्लेट राखिदिएपछि सांसदहरु सबै भत्ता खान मात्रै संसद भवन जान्छन भन्ने सोलोडोलो बुझाइ पनि खण्डित हुने शाही बताउँछन् । ‘यो सबैको हीतमा छ भन्ने हाम्रो बुझाइ छ ।’ बैठकपछि शाहीले अनलाइनखबरसित भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?