+
+

रोनाल्डो साउदी आउँदा चिनियाँ फुटबल पतनको बाटोमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते ७:०३

१७ माघ, काठमाडौं । विश्वका एक उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर छोड्नुलाई विभिन्न तवरले हेर्न थालिएको छ ।

उनको क्लब छोड्नुलाई फुटबल समर्थक र विज्ञले एक तवरले विश्लेषण गरे तापनि यसलाई आर्थिक पाटोसँग पनि जोडेर हेर्न थालिएको छ ।

पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डो अल नासर एक एसियन क्लबमा आवद्ध हुनु पैसाको खेले भनेर बुझ्न थालिएको छ ।

रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा आउनुको विषयलाई निकै चर्चामा राखेर हेरिएको थियो । उनी त्यति उच्च मूल्यमा किन अनुबन्ध भए ? जबकि फुटबलमा म्यानचेस्टर युनाइटेडमा रहेर खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनको व्यवहारका कारण पनि उनी निकै विवादमा तानिएका थिए ।

चर्चित स्टारहरु पूर्वी क्लबहरुमा आबद्ध हुने क्रम कोभिड-१९ महमारीको केही अघिबाट सुरु भएको हो । कोभिड-१९ को महामारी पछि विश्व अर्थतन्त्र ओरालो लाग्यो । जसको कारण खेलाडीको गर्मीको ट्रान्सफर विण्डो पनि प्रभावित भयो । अझै पनि एसियाली फुटबलको गति भने रोकिएको छैन र यसको प्रभाव अझै पनि जारी छ ।

यसमा विशेषत पहिला चिनियाँ फुटबल बजारको हालीमुहाली थियो तर अहिले साउदीका तेल बिक्रेता मालिकको फुटबल लगानीले एसियामा ठूला फुटबल स्टार भित्रिन थालेका छन् ।

एसियामा फुटबल क्लबमा पैसा खन्याउने चर्चित ऋणी व्यापारीको संख्या पनि बढ्दो छ । यसमा चिनियाँ सुपर लिग (सीएसएल)मा पछिल्लो दशक भन्दा चर्चित खेलाडी तथा प्रशिक्षकको संख्या बढ्दो छ ।

पछिल्लो समय निकै चर्चामा आएको सांघाई एसआईपीजीले २०१६ मा १३० मिलियन युरोमा ब्राजिलका दुई खेलाडी ओस्कर र हुल्कलाई भित्र्याए । त्यसअघि नै विश्वकप विजेता प्रशिक्षक मार्सेलो लिप्पी र लुइज फेलिप पनि एसियन फुटबलमा आबद्ध भए ।

चीन अन्य भन्दा नियममा निकै कडा राष्ट्र भनेर चिनिन्छ । यो हल्ला प्रशिक्षक तथा खेलाडीलाई अनुबन्ध गर्ने बेला पनि चल्यो । हल्ला चलेको भएर पनि होला उनीहरुलाई खासै त्यस्तो कडा नियममा राखिएन । तर अझ चर्चा को विषय त तब बन्यो जब मेस्सी र रोनालडोलाई चिनियाँ लिगसँग जोड्न थालियो ।

अझ भनौं रोनाल्डो पूर्वसँग जोडिइरहेका छन् । बढ्दो क्लब र खेलाडी अनुबन्ध खर्च धान्न नसकेर टिजियन क्वँजियन नामक चिनियाँ क्लब २०१८ मा बन्द भयो । खर्च धान्न नसक्दा उनीहरुको बिजोग भएको थियो ।

पाँच वर्षपछि धेरै कुरा बदलियो । टियांजिन चिनियाँ क्लबमध्ये पहिलो क्लब हो, जुन पैसाको र वित्तिय अभावका कारण बन्द भएको हो । त्यसपछि पनि चिनियाँ फुटबल क्लबमा आर्थिक मन्दी छाइरहृयो ।

देशको प्रमुख विक्रेताको स्वामित्वमा रहेको जियांगसु सुनिङलाई २०२१ मा सीएसएलको उपाधि जितेपछिको एक महिनामा रद्ध गरियो ।

दुई पटक एसियन च्याम्पियन बनेको ग्वान्जझोउ एफसी फुटबलमा एकछत्र राज गर्ने क्लब थियो । मालिक र विकासकर्ताको असमझदारीका कारण क्लब आर्थिक बेरुजु र उधारोको शिकार भयो । सरकारले उधारो लिनबाट रोक लगाएपछि पनि उनीहरु सापटी मागेर चल्न बाध्य भएका थिए ।

चिनको कठोर ‘जिरो कोभिड’ नीतिले त्यहाँका क्लबहरुलाई अझ मुस्किलको स्थिति मात्र सिर्जना गर्‍यो ।

प्रतियोगिताको उच्च गोलकर्ता अल नासर क्लबका एन्डरसन तालिस्का, अल इत्तिहादका एबडरराजक हमदल्लाह र अल हिललालका ओडियन इग्हालोले साउदी क्लबमा पुग्नु अघि चिनियाँ क्लबमा रहेर सीएसएल खेलिसकेका छन् ।

२०२६ मा महिला एसियाकप आयोजना गर्ने होडमा साउदी अरबले एक महत्वकांक्षी लक्ष्य राखेको छ ।

२०२३ मा चीनले एसियन कप आयोजनाको होडबाट पछि हट्नु पर्‍यो । जिरो कोभिड नीतिका कारण उनीहरुले यस प्रतियोगितालाई छोडे तर नियम भने तोडेनन् ।

पछिल्लो महिनानै यहि नीतिका कारण चिनियाँ फुटबललाई निकै ठूलो घाटा बेर्होनु परेको थियो ।

हाल एसियन फुटबलमा साउदी जस्ता तेल बिक्रेताको मालिकको हाली मुहालीले चिनियाँ फुटबलको चमक र शान एसियामा लगभग सकिइसकेको अवस्था छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?