News Summary
Generated by OK AI. Editorially reviewed.- युगाण्डाका अलराउण्डर अल्पेश रमजानी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजबाट खेल्ने भएका छन्।
- चितवन राइनोजले इंग्ल्यान्डका डेविड मलानलाई नयाँ अनुबन्ध गरेको छ र रवि बोपारा, सोहेल तनभिरलाई पुनः अनुबन्ध गरेको छ।
- एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने छ।
१३ कात्तिक, काठमाडौं । युगाण्डाका अलराउण्डर अल्पेश रमजानीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत रमजानीलाई अनुबन्ध गरेको जनाएको हो ।
३१ वर्षीय रमजानी बाँयाहाते ब्याटिङ तथा बाँयाहाते स्पीन बलिङ गर्छन् । उनले युगाण्डाका लागि ६५ टी-२०आई खेल्दै ८५० रन बनाउँदा १०२ विकेट पनि लिएका छन् । रमजानीले सन् २०२४ को टी-२० विश्वकपमा पनि खेलेका थिए ।
पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले यसअघि इंग्ल्यान्डका डेविड मलानलाई नयाँ अनुबन्ध घोषणा गर्दा अघिल्लो सिजनका रवि बोपारा र सोहेल तनभिरलाई पुन: अनुबन्ध गरेको छ ।
मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।
अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।
प्रतिक्रिया 4