+

समीक्षाले पनि बंगलादेशको नसरिनबाट खेल्ने

२०८२ कात्तिक  १३ गते १८:०३ २०८२ कात्तिक १३ गते १८:०३
समीक्षाले पनि बंगलादेशको नसरिनबाट खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर समीक्षा घिमिरे बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट साफ महिला क्लब च्याम्पियनसिपमा खेल्ने भएकी छन्।
  • साफ महिला क्लब च्याम्पियनसिप डिसेम्बर ५ देखि सुरु हुनेछ र पाँच देशका क्लबहरू सहभागी छन्।
  • प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ र उद्घाटन खेलमा कराँची सिटी एफसी र ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी प्रतिस्पर्धा गर्नेछन्।

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर समीक्षा घिमिरेले पनि साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् ।

क्लबले बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनलाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । यसअघि पूजा राना पनि नसरिनमा अनुबन्ध भइसकेकी छन् ।

समिक्षा नेपाल पुलिस क्लबबाट घरेलु लिग खेल्दै आएकी खेलाडी हुन् ।

प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ । उद्घाटन खेलमा  पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू : बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लब सहभागी रहेका छन्।

राउन्ड रोबिन लिगमा खेलाइने प्रतियोगिताको शीर्ष २ मा रहने टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।

समिक्षा घिमिरे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय