+

पूजाले बंगलादेशको नसरिनबाट साफ क्लब च्याम्पियनसिप खेल्ने

२०८२ कात्तिक  १२ गते १६:५२ २०८२ कात्तिक १२ गते १६:५२
पूजाले बंगलादेशको नसरिनबाट साफ क्लब च्याम्पियनसिप खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा रानाले बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट साफ महिला क्लब च्याम्पियनसिप खेल्ने भएकी छन्।
  • नसरिन स्पोर्ट्स क्लबले पूजा रानालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमा बुधबार पोस्ट राखेर जनाएको छ।
  • प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ र पाँच देशका क्लबहरू सहभागी हुनेछन्।

१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा रानाले आसन्न साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् ।

क्लबले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पूजा रानालाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । क्लबले ऐतिहासिक साइनिङ भन्दै पूजालाई अनुबन्ध गरिएको जनाएको हो ।

पूजाले हाल भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् । उनी नेपाली टोलीकी नियमित सदस्य हुन् ।

‘पूजाले आफ्नो अनुभव, सिर्जनात्मक खेल र लडाकु भावना सहित नासरिन स्पोर्ट्स एकेडेमीलाई आगामी सिजनमा अझ सबल बनाउनेछिन्’ क्लबले भनेको छ ।

प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ । उद्घाटन खेलमा  पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू : बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लब सहभागी रहेका छन्।

राउन्ड रोबिन लिगमा खेलाइने प्रतियोगिताको शीर्ष २ मा रहने टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।

पूजा राना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय