+
+

विश्वविद्यालयहरु दलीयकरणको मारमा परे : सांसद जितेन्द्र देव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १६:४२

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलवार बसेको बैठकमा बोल्दै उनले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको धारणा राखेका हुन् ।

विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको भन्दै उनले नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिस्पर्धामा पछि परिरहेको बताए ।

उहाँले भन्नुभयो, ‘साउथ एसियन लेभलको जब कम्पिटिसनको अवस्था आउँछ, त्यो एम्समा नेपाली विद्यार्थीहरु, भुटानी विद्यार्थीहरु, अफगानीहरु, भारतीयहरुले त्यहाँ प्रतिस्पर्धा गर्ने सन्दर्भमा हाम्रो शैक्षिक गुणस्तरको नापतौल हुन्छ । त्यहाँ समस्याहरु देखिरहेका छन्’ उनले भने ।

सांसद देवले भने, ‘गुणस्तरमा कमजोरी भएका कारणले नेपाली विद्यार्थीहरु अन्य देशका विद्यार्थीहरु भन्दा केही पछि पर्ने सममस्याहरु देखिएका छन् । त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । हाम्रा करिकुलमहरु, नेपालभित्र जति पनि विश्वविद्यालयहरुले करिकुलम बनाएका छन्, त्यसमा अझै रिभ्यू गरेर नेपाली आवश्यकताको आधारमा करिकुलममा परिमार्जन गर्ने र पाठ्यक्रमहरु निर्धारण गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?