+
+

प्रदेश १ को नाममा प्रधानमन्त्रीको चासो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते ११:५८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

१८ माघ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ को नामबारे चासो राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए । भेटमा सरकारको काम र विकास निर्माणबारे छलफल भएको कार्कीले बताए । ‘उहाँ प्रधानमन्त्री भएपछि यो पहिलो भेटघाट हो’, कार्कीले भने, ‘प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भयो ।’

प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् ।

उनले प्रदेशको नामका विषयमा पनि चासो राखेका छन् । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन । मुख्यमन्त्री कार्की भन्छन्, ‘मैले चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने बताएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?