+
+

प्रचण्डको ब्रिफिङ सुनेपछि देव गुरुङले भने : गृह मन्त्रालयमा विकल्प खोज्ने हो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १३:२१

१८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।

‘(गृहमन्त्री कसलाई बनाउने) दबाव दिने कुरा भएको छैन, हुनुहुँदैन । यसबारे छुट्टै परामर्श लिन परेन । प्रधानमन्त्रीको कुरा हो’ बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ब्रिफिङ सुनेपछि गुरुङले अनलाइनखबरसँग भने ।

अब गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको पनि महासचिव गुरुङ बताउँछन् । ‘विकल्प खोज्ने हो । पात्र फेर्नुपर्‍यो । मन्त्रालय फेर्नुपर्‍यो’ महासचिव गुरुङले दोहोर्‍याए, ‘(गृहमन्त्रीका विषयमा) छुट्टै परामर्श लिनपरेन । प्रधानमन्त्रीको कुरा हो ।’

सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए । त्यसपछि रविले प्रक्रिया पुर्‍याएर नागरिकता पनि लिइसकेका छन् । त्यसपछि उनले आफूलाई पुन गृहमन्त्री बनाउन दबाव दिइरहेका छन् ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका छन् । यही विषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत छलफल गरिसकेका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको भेटबारे प्रधानमन्त्री प्रचण्डले बुधबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई ब्रिफिङ गरेका छन् । ब्रिफिङपछि माओवादीका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका हुन् ।

सरकार बनाउँदा रास्वपाले गृह मन्त्रालय पाएको सन्दर्भ र अहिलेको सन्दर्भ फेरिएको उनको तर्क छ । गृहमन्त्री बनाउँदा कानुन र संविधानको भावनालाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

रवि लामिछानेलाई गैर सांसदको रुपमै भएपनि गृहमन्त्री बनाउनुपर्ने राय दिनेहरुलाई उनको जवाफ छ, ‘कानुन संविधानको भावना हेर्नुपर्‍यो । अदालतमा पुगेको विषय पर्‍यो । मन्त्रालय फेर्ने कुरा भएको भए कुरा एउटा हुन्थ्यो । आदालतको विषयमा सरकारले केही गर्ने कुरा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?