+
+

प्रेमीसँग अभिनेत्री तथा मोडल जेविका कार्कीको इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १३:५१

काठमाडौं । अभिनेत्री तथा मोडल जेविका कार्की र फिल्मका निर्माण नियन्त्रक मनोज जोशीबीच बुधबार इन्गेजमेन्ट भएको छ । पेप्सीकोलास्थित कार्कीकै निवासमा यी दुईले आफन्त र साथीभाइको उपस्थितिमा टीकाटालो गरे ।

उनीहरु चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । आगामी फागुन ४ गते विवाह र ७ गते रिसेप्सन पार्टीको आयोजना गरिएको छ ।

जेविकाको पछिल्लो फिल्म ‘हिजोआजका कुरा’ थियो । त्यसअघि उनले जयश्री दाम, कारखाना, पर्व र जन्मभूमिजस्ता फिल्ममा पनि अभिनय गरेकी छन् । फिल्मसँगै उनी म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय छिन् । जोशी चाहिं फिल्मसँगै म्युजिक भिडियोका निर्माण नियन्त्रक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?