+
+

शेरबहादुर खड्का स्मृति महिला भलिबल शनिबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १७:३९

१८ माघ, काठमाडौं । शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण शनिबारदेखि आयोजना हुने भएको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बुधबार गरेको कार्यक्रममा नयाँ संस्करणको प्रतियोगिता माघ २१ देखि २४ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने जानकारी दिइयो ।

प्रतियोगितामा पाँच टिमको सहभागिता निश्चित भइसकेको छ । साविक विजेता एपीएफ, न्यु डायमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी र एभरेष्ट भलिबल क्लबले सहभागिता निश्चित गरिसकेका छन् ।

निमन्त्रणा पठाइएको गण्डकी प्रदेश भलिबल संघ भने सहभागी हुनेमा अन्योल छ । आयोजक संस्थाका अध्यक्ष रन्जन खड्काले ६ टिमलाई नै सहभागिताको प्रयास गरिएको जानकारी दिए ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता सन्चालन हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले पाउने पुरस्कार रकममा १ लाख बृद्धि गरी ३ लाख पुर्‍याइएको छ । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टिमले ७५ हजार ?पैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाउने पुरस्कार रकममा दोब्बर बृद्धि गरी ५० हजार बनाइएको छ । हरेक खेलको प्लेयर अफ द म्याचले पनि १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

विधागततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको एकजना इमर्जिङ खेलाडीलाई प्रोत्साहनस्वरुप १५ हजार रुपैयाँ दिइनेछ भने प्रतियोगिताको उद्घाटनका दिन राष्ट्रिय टिमकी एक खेलाडीलाई ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नारी शशक्तीकरणका लागि भन्दै प्रतिष्ठानले २०७२ सालदेखि यो प्रतियोगिता आयोजना सुरु गरेको हो ।

सुरुदेखि नै नेएनपी नेरोलाक पेन्ट्सले मुख्य प्रायोजन गर्दै आएकोमा छैटौं संस्करणमा पनि निरन्तरताका लागि सम्झौता भएको छ । एक वर्षका लागि भएको सम्झौतामा केएनपी नेरोलाकका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले हस्ताक्षर गरे । प्रायोजन सम्झौताको रकम खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?