+
+

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते २०:२०

१८ माघ, बुटवल । बुटवलमा देशभरका उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आगामी माघ २१ र २२ गते सम्मेलन हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले जानकारी गराएको छ ।

सम्मेलनमा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता हुने प्रमुख खेलराज पाण्डेयले बताए ।

‘उपमहानगरलाई संविधानले दिएका साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने, समस्या, मुद्दा र संरचनाका विषयमा साझा पहल गर्ने र अनुभव आदान प्रदान गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो’, पाण्डेयले भने, ‘संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकालिनेछ ।’

राष्ट्रिय सम्मेलनमा उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने र सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?