+
+

‘आरआरआर’लाई पुनः रिलिज गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ११:५९

काठमाडौं । पछिल्लो वर्ष प्रदर्शन भएको चर्चित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले विश्व बक्स अफिसमा तहल्का मच्चाएको थियो । फिल्ममा रामचरण र जुनियर एनटीआरले मुख्य भूमिका निर्वाह गरेका थिए भने अजय देवगण, आलिया भट्ट र श्रिया सरन लगायत धेरै स्टार पनि देखिएका थिए । यो फिल्म भारतीय बक्स अफिसमा हिट मात्रै भएन, अहिले ओस्कार जित्ने दौडमा छ ।

यसको ‘नाटु नाटु’ गीतले अन्तिम मनोनयनमा स्थान पाएको छ र उत्कृष्ट मौलिक गीतको अवार्ड पक्कै पाउनेमा फ्यान आशावादी छन् । ओस्कार अवार्डअघि निर्माताले फ्यानको खुसी बढाउने उपाय खोजेका छन् । उनीहरु यो फिल्मलाई पुनः रिलिज गर्ने योजनामा छन् ।

मिडिया विवरणका अनुसार आरआरआरका निर्माताहरूले ९५ औं ओस्कार अवार्डको घोषणाअघि फिल्मलाई पुनः हलमा रिलिज गर्ने योजना बनाइरहेका छन् । यो फिल्मलाई पुनः रिलिज गर्नका लागि निर्माण पक्षले हलको सूची, भाषाको संस्करण र समय तय गरिरहेको बताइएको छ । यस वर्षको ओस्कार अवार्ड मार्च १२ मा अमेरिकाको लस एन्जलसमा हुँदैछ ।

‘आरआरआर’को गीत ‘नाटु नाटु’ उत्कृष्ट मौलिक गीतको लागि मनोनयनमा परेको छ । यो गीतलाई एमएम कीरावाणीले संगीत दिएका हुन् । यो गीतमा रामचरण र जुनियर एनटीआरले नृत्य गरेका छन् । यो गीतलाई मानिसले यति रुचाएका छन् कि यसको डान्स मुभहरू आज पनि लोकप्रिय छन् ।

फिल्म ‘आरआरआर’लाई एसएस राजामौलीले निर्देशन गरेका हुन् भने फिल्मलाई वी विजयेन्द्र प्रसादले सहलेखन गरेका हुन् । यसले दुई महान् क्रान्तिकारीको काल्पनिक कथा चित्रण गर्छ । फिल्ममा अल्लुरी सीताराम राजुको भूमिकामा रामचरण र कोमाराम भीमको भूमिकामा जुनियर एनटीआर छन् ।

यी बाहेक अजय देवगण, आलिया भट्ट, श्रिया सरन लगायत धेरै स्टार पनि छन् । संगीत निर्देशन एमएम कीरावाणीले सम्हालेका थिए । यो फिल्म २५ मार्च २०२२ मा थिएटरमा रिलिज भएको थियो र तेस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म, विश्वभर दोस्रो सबैभन्दा धेरै कमाउने तेलुगू फिल्म बनेको थियो । आरआरआर फिल्मका संगीतकार कीरावाणीलाई हालै देशको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री प्रदान गरिएको थियो । यो अवार्ड पाएपछि उनले ट्वीट गर्दै आफ्ना अभिभावक र गुरुहरुलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?