+
+

गुडिरहेको रेलको डिब्बा छुटेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १३:१३

वीरगञ्ज । वीरगञ्जसँगै जोडिएको भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणमा चलिरहेको रेलको डिब्बा अचानक छुट्टिएको छ । सत्याग्रह एक्सप्रेस गाडी नं. १५२७३ नम्बरको डिब्बा छुट्टिएको हो ।

रक्सौलबाट आनन्द बिहारतर्फ यात्रु बोकेर जाँदै गरेको रेलको डिब्बा आज बिहीबार भारतीय समय अनुसार बिहान ९:१५ बजे सुगौली र बेतिया स्टेशनको बीचमा छुट्टिएको हो । डिब्बा छुट्टिएर रेलको इन्जिनसहितको भाग अघि बढे पनि बाँकी ८ वटा डिम्बा लिगमै रोकिएको नेपाली यात्रु सुमित पटेलले जानकारी दिए ।

नेपाली तथा भारतीय यात्रुले रेल भरिएको थियो । चल्दाचल्दै गरेको रेलको डिब्बा अचानक ईन्जिनसँग छुट्टिएपछि यात्रुहरु आत्तिएर चिच्याउन थालेका थिए ।

छुट्टिएका डिब्बालाई जोडेर आनन्द बिहारतर्फ लागेको रेलको डिब्बा नरकटियागञ्ज रेल्वे स्टेशनमा पुगेपछि फेरि छुट्टिएको यात्रु पटेलले बताए ।

दुवै पटक डिब्बा छुटिए पनि कसैलाई कुनै चोटपटक लागेको छैन । र सबै यात्रु सकुशल रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?