
२१ माघ, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल रेलिगेसनमा संघर्षरत एभर्टनसँग १-० ले पराजित भएको छ । नयाँ प्रशिक्षक सन डायसले डेब्यू गरेको खेलमा एभर्टनले लिग लिडरलाई हराएको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन जेम्स टार्कोस्कीले ६२ मिनेटमा गोल गरे । हारपछि आर्सनलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउने अवसर गुमायो । यस सिजन आर्सनलको यो दोस्रो हार हो ।
२० खेलबाट आर्सनलको ५० अंक छ । समान खेलबाट म्यानचेष्टर सिटी ४५ अंकसहित दोस्रोमा छ ।
एभर्टन भने २१ खेलबाट १८ अंक जोडेर १७ औं स्थानमा उक्लेको छ र रेलिगेसन जोन छाडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4