+
+

वैदेशीक रोजगारीमा रहेकालाई बीपीडब्लु लघुवित्तको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १४:४४

२२ माघ, काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ माघ आइतबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट ९७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा २२ माघदेखि ८ फागुनसम्म आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?