+
+

काठमाडौंका वडाहरुको ६ महिनाको बजेट खर्च औसत १९ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १५:०७

२२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुले ६ महिनामा औसत १९ प्रतिशत मात्र बजेट खर्च भएको पाइएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा काठमाडौंका ३२ वटै वडाको औसत बजेट खर्च १८.८४ प्रतिशत रहेको छ ।

महानगरका तथ्यांक अधिकृत कृष्णराज तिवारीका अनुसार अर्धवार्षिक समीक्षामा प्राप्त विवरणका आधारमा यस्तो तथ्यांक आएको हो ।

१६ को सबैभन्दा धेरै, १७ को सबैभन्दा कम

महानगरको धेरै वित्तीय प्रगति गर्ने वडामा १६ नम्बर वडा अगाडी छ । वडाध्यक्ष मुकुन्द रिजालको वडामा ५१ दशमलव ६२ प्रतिशत वित्तीय प्रगति भएको महानगरपालिकाको तथ्यांक छ । २०, १४, २३ र २६ वित्तीय प्रगति धेरै गर्ने वडाको सूचीमा छन् । यी वडाले क्रमशः ४९.४७, ४२.४, ४१.०५ र ३९.७८ प्रतिशत बजेट खर्च गरेका छन् ।

समीक्षा अवधिमा १० प्रतिशत भन्दा कम वित्तीय प्रगति गर्ने ८ वटा वडा छन् । जसमध्ये सबैभन्दा कम प्रगति गर्ने वडामा नवीन मानन्धर वडाध्यक्ष भएको वडा नम्बर १७ रहेको छ । १७ नम्बर वडाको ० दशमलव ७३ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । वडा नम्बर ३० को २ दशमलव ७६, वडा नम्बर ११ को ४ दशमलव ५१, वडा नम्बर १३ को ५ दशमलव ६७, वडा नम्बर ७ को ५ दशमलव ८७, वडा नम्बर २२ को ६ दशमलव ८९, वडा नम्बर १५ को ८ दशमलव ८८, वडा नम्बर १ को ९ दशमलव ८७ प्रतिशत वित्तीय प्रगति देखिएको छ ।

१० प्रतिशतभन्दा धेरै २० प्रतिशतसम्म प्रगति हासिल गर्ने वडाको संख्या १२ वटा छन् । वडा ५ को १०.२५ प्रतिशत, वडा २५ को १०.७३, वडा २७ को ११.९, वडा ३२ को ११.६७, वडा २४ को १३.०४ प्रतिशत वित्तीय प्रगति छ । वडा ८ को १३.३९ प्रतिशत वडा ४ को १४.५५, वडा १२ को १५.४१, वडा २ को १७.९६, वडा ६ को १८.५२, वडा २९ को १८.९५ र वडा १८ को १९.१ प्रगति छ ।

२० प्रतिशतदेखि ३० प्रतिशत वित्तीय प्रगति गर्नेहरुमा ६ वटा वडा छन् । वडा ३१ को २०.८९ प्रतिशत वडा ३ को २१.७५, वडा २१ को २३.९९, वडा २८ को २४.७६ वडा ९ को २५.१४ र वडा १० को २७.८५ को प्रगति छ ।

महानगरको सञ्चित कोषबाट व्यहोर्ने रकम २२ अर्व ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँमध्ये १९ अर्व ६२ करोड ८८ लाख १५ हजार ४३ रुपैयाँ केन्द्रबाट खर्च हुन्छ हो । यसको १५.५४ प्रतिशत वित्तीय प्रगति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?