+
+

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै संकटकाल घोषणा

टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १०:५२
Photo Credit : GETTY IMAGES

२३ माघ, काठमाडौं । टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। युएसजीएसका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.८ मापन गरिएको छ ।

टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ । बीबीसीका टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् ।

पहिलो भूकम्प गएको केही मिनेटपछि अरु शक्तिशाली धक्काहरू महसुस भएको थियो ।

टर्की केन्द्रविन्दु रहेको भूकम्पको धक्का लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि महसुस गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले खबर लेखेका छन् ।

टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताए । यी सहरहरू काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?