+
+

शोधनान्तर ९७ अर्बले बचतमा, चालु खाता घाटा साढे २९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १६:५५

२३ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा गएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति/संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो वर्ष चालु खाता भने २९ अर्ब ४७ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कम भएर ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?