+
+

नेपालको एक दिवसीय मान्यता जोगाउन प्रयास गर्छु : मोन्टी देशाई

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १७:२९

२३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपालको एकदिवसीय मान्यता जोगाउन प्रयास गर्ने बताएका छन् ।

नेपाल क्रिकेट संघ क्यानबाट प्रमुख प्रशिक्षकको जिम्मेवारी पाए लगत्तै पत्रकार सम्मेलन गरेर उनले नेपालका खेलाडीमा क्षमता भएको र त्यहि क्षमताका आधारमा एकैनासको प्रदर्शनको अपेक्षासहित एकदिवसीय मान्यता जोगाउनमा लाग्ने बताएका छन् ।

आईसीसी विश्व क्रिकेट लिग टूका बाँकी १२ एकदिवसीय खेल जित्नेतर्फ प्रयास गर्ने उनले बताए । उनले भने, ‘मेरो अहिलेको योजनामा १२ वटा एकदिवसीय खेल र नेपालको एकदिवसीय मान्यता जोगाउने तर्फ नै हुनेछ ।’

उनले तहगत हिसाबमा नेपालको लागि योजना बनाउँदै जाने बताएका हुन् ।

उनले नेपालको ब्याटिङमा पनि क्षमतावान खेलाडी भएको र उनीहरुले क्षमता अनुसार प्रदर्शन गर्न सके नेपालको ब्याटिङ पनि सुध्रिने बताएका छन् ।

‘नेपाली खेलाडीमा क्षमता छ । टिममा क्षमता भएका खेलाडी छन् । साथसाथै अनुभवी खेलाडी पनि छन् । टिमका खेलाडी एकवद्ध भएर खेल्नुपर्छ’, उनले भने ।

घरेलु मैदानमा नेपालले फागुन २ गतेदेखि लिग टू अन्तर्गत स्कटल्यान्ड र नामिबिया सम्मिलित शृंखला खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?