+
+

सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिन सकेन : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १४:४३

२४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली प्रविधि (टेक्नोलोजी) लाई प्राथमिकता दिन नसकेको बताएका छन् ।

मंगलबारदेखि सुरु भएको ‘क्यान इन्फोटेक-२०२३’ को उद्घाटन समारोहमा बोल्दै उनले टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा नेपाल धेरै नै अघि बढिसकेको बताए । तरपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उनको भनाइ थियो ।

टेक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिष्पर्धा गर्नसक्ने अवस्थामा नेपाल रहेको भन्दै ढकालले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिनु आवश्यक रहेको बताए ।

सरकारले जबसम्म नेपाली सफ्टवेयर एवं टेक्नोलोजीलाई प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को नमार्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?