News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको समग्र विकास र रोजगारी सिर्जनामा ठूलो भूमिका रहेको बताएका छन्।
- ढकालले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी आर्थिक समृद्धि ल्याउन सकिने दाबी गरेका छन्।
- कोशी प्रदेश सभासँगै कोशी महासंघको नयाँ नेतृत्वका लागि राजेन्द्र राउत र नवीन रिजालबीच तीव्र प्रतिस्पर्धा हुँदैछ र निर्वाचन कार्यतालिका आजै मतदान हुनेछ।
२२ चैत, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो भूमिका रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आठौँ प्रदेश सभाको विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष ढकालले विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रको ठूलो भूमिका रहेको बताएका हुन् ।
मुलुकको कुल रोजगारीको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको बताउँदै उनले पछिल्लो समय निजी क्षेत्रप्रति सरकारको दृष्टिकोणमा पनि सकारात्मक भइरहेको बताए ।
अध्यक्ष ढकालले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी आर्थिक समृद्धि ल्याउन सकिने दाबी गरे । नेपालमा लगानीको वातावरण रहेको सन्देश दिनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै दिगो विकासको लक्ष्य प्राप्त हुने बताए ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रलाई हेर्ने सरकारी र सामाजिक दृष्टिकोणले लगानीकर्ताहरू हतोत्साही हुने गरेको बताए । निजी क्षेत्र निरुत्साहित भएमा लगानी घट्ने बताउँदै उनले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने राज्यको दृष्टीकोण सकारात्मक हुनुपर्ने बताए ।
प्रदेश सभासँगै कोशी महासंघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र नवीन रिजालबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । निर्वाचन कार्यतालिका आजै मतदान हुनेछ ।
प्रतिक्रिया 4