
२४ माघ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा चौथो कादुरी नेत्रहिन क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै चार दिने प्रतियोगिता पर्साको वीरगञ्जस्थित नारायणी रंगशालामा हुने जानकारी दिएको छ ।
टी-२० फर्म्याटमा हुने प्रतियोगितामा गोरखा, चितवन, मधेश प्रदेश र प्रदेश नम्बर १ गरि चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेल चितवन र गोरखाबीच बुधबार हुनेछ ।
बुधबारै मधेश प्रदेश र प्रदेश नम्बर १ बीच दोस्रो खेल हुनेछ । प्रतियोगिता सिंगल राउण्ड रोविन लिगको आधारमा हुनेछ ।
यस प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरुलाई सन् २०२३ अगष्ट महिनामा बंगलादेशमा आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराईने संघले जनाएको छ । प्र
प्रतियोगिताको खेल तालिका
माघ २५ गते बुधबार : चितवन VS गोरखा बिहान ९ बजे
माघ २५ गते बुधबार : मधेस प्रदेश VS प्रदेश नम्बर १ दिउँसो १ बजे
माघ २६ गते बिहिबार : गोरखा VS प्रदेश नम्बर १ बिहान ९ बजे
माघ २६ गते बिहिबार : मधेस प्रदेश VS चितवन दिउँसो १ बजे
माघ २७ गते शुक्रबार : चितवन VS प्रदेश न.१ बिहान ९ बजे
माघ २७ गते शुक्रबार : गोरखा VS मधेस प्रदेश दिउँसो १ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4