+
+

पोखरा विमानस्थल भित्रको ह्याङ्गर ५ वर्षका लागि भाडामा दिइने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १४:३४

२४ माघ, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण भएको ह्याङ्गर (वायुयान मर्मतमा प्रयोग हुने भवन) ५ वर्षका लागि भाडामा लगाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ह्याङ्गर भाडामा दिने सम्बन्धमा बोलपत्र आह्वान गरेको छ । ह्याङ्गर भवनको न्यूनतम ठेक्का रकम ११ करोड ४१ लाख ७४ हजार तोकिएको प्राधिरकणले जनाएको छ ।

दोस्रो आर्थिक वर्षदेखिको भाडा रकम नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकांकको अनुपातमा स्वतः वृद्धि हुने शर्त समेत राखिएको छ । प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रहेका कम्पनीले बोलपत्रमा सहभागी हुने पाउने छैनन् । विमानस्थल भित्र ह्याङ्गर महत्वपूर्ण संरचना मानिन्छ । यो आयोजनाकै एक अंश हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?