+
+

उर्जन श्रेष्ठ फ्रेण्ड्सको प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १४:३७

२५ माघ, काठमाडौं । ए डिभिजनको फ्रेण्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले थ्रीस्टारका पूर्व प्रशिक्षक उर्जनलाई नयाँ सिजनका लागि क्लबमा भित्र्याएको हो ।

यसअघि उर्जनले ए डिभिजन लिगमा थ्रीस्टारलाई प्रशिक्षण दिएका थिए । थ्रीस्टारले भने नयाँ सिजनका लागि मेघराज केसीलाई नियुक्त गरिसकेको छ ।

उर्जनले साफ यू-१७ च्याम्पियनसिपमा नेपाली यू-१७ राष्ट्रिय टिम सम्हालेका थिए ।

फागुन १९ गतेदेखि सुरु हुनेछ ए डिभिजन लिगमा फ्रेण्ड्सले उद्घाटन खेलमै नवप्रवेशी एफसी खुमलटारसँग खेल्नेछ ।

गत सिजन फ्रेण्ड्सले मृगेन्द्र मिश्रको प्रशिक्षणमा ए डिभिजन लिग खेलेको थियो । फ्रेण्ड्सले नयाँ सिजनको लागि खेलाडी अनुबन्ध गर्ने र नवीकरण गर्ने काम तिव्र पारिरहेको छ ।

फ्रेण्ड्सले विशाल सुनार, राजेश परिवार, रुपेश केसी, डोना थापा, अमिता तामाङ जस्ता खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै असिम भुसाल, श्यामबाबु क्याप्छाकी, आरोन थापा, प्रेम भण्डारीको सम्झौता नवीकरण गरिसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?