+
+

लिड्ससँग म्यानचेष्टर युनाइटेडको पुनरागमन बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते ८:३६

२६ माघ, काठमाडौं । मार्कुस रासफोर्ड र जाडोन सान्चोले दोस्रो हाफमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लिड्ससँग पुनरागमन गर्दै बराबरी खेलेको छ ।

दुई गोलले पछि परेको अवस्थामा युनाइटेडले पुनरागमन गरेको हो ।

‌ओल्ड ट्राफोर्डमा भएको खेलको पहिलो मिनेटमै विलफ्रड जिनोन्टोले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुमा लिड्सले अग्रता दोब्बर बनायो । युनाइटेडका राफायल भरानले आत्मघाती गोल गरेपछि लिड्सले ४८औं मिनेटमा २-० को अग्रता लियो । तर लिड्सले अग्रता कायम राख्न सकेन भने युनाइटेडले पुनरागमन गर्‍यो ।

६२औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गर्दै गोल अन्तर घटाए । ७०औं मिनेटमा सान्चोले बराबरी गोल गरे ।

बराबरीपछि तेस्रो स्थानको युनाइटेडको २२ खेलबाट ४३ अंक छ । लिड्स २१ खेलबाट १९ अंक जोडेर १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?