+
+

संसदमा मोदीले गरे ‘पठान’को प्रशंसा, भने- दशकौंपछि कश्मीरका हल हाउसफुल चले

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते ११:१९

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको हालैको भाषणमा शाहरुख खानको फिल्म ‘पठान’को प्रशंसा गरेका छन् । कश्मीरको ठूलो सहर श्रीनगरका थिएटर हाउसफुल चलिरहेको पनि उनले टिप्पणी गरे ।

३२ वर्षपछि श्रीनगरका हलहरु हाउसफुल चलिरहेका थिए । चाखलाग्दो कुरा के छ भने मोदीले आम दर्शकमा पठानको प्रभावको बारेमा चर्चा गर्दै भने, ‘श्रीनगरका थिएटरहरु दशकौंपछि हाउसफुल चलिरहेका छन् ।’

प्रधानमन्त्रीले संसद भाषणमा जासूस थ्रिलर फिल्मको उल्लेख गरेपछि शाहरुख खानका फ्यान र फिल्म दर्शकबीच यसलाई लिएर चर्चा सुरु भएको छ । मोदीको भाषणको भिडियो अहिले सोसल मिडियामा भाइरल भइरहेको छ ।

रिलिजपूर्व सत्तारुढ भाजपा नेता र हिन्दूवादी संगठनबाट बहिष्कारको मार खेपिरहेको पठान ब्लकबस्टर भएपछि मोदीको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा लिएको छ । कतिपयले सन् २०२४ मा हुने आम निर्वाचनमा मुस्लिम मतदातालाई प्रभावित गर्न मोदीले यस्तो अभिव्यक्ति दिएको समेत अनुमान गरेका छन् ।

‘द कश्मीर फाइल्स’पछि प्रधानमन्त्री मोदी यसरी फिल्मको प्रशंसामा उत्रिएका हुन् । सुन्दर तथा द्वन्द्वग्रस्त कश्मीरको राजधानी श्रीनगरमा दशकौंपछि फिल्म हलहरु हाउसफुल भएको मिडिया विवरण आएका थिए ।

पठानको कथावस्तु पनि मोदीले भारतीय संविधानको धारा ३७० खारेज गरेको कथावस्तुबाट सुरु हुन्छ । यो धारा खारेज भएपछि पाकिस्तानले भारतीय अधिनस्थ भूमि कश्मीरलाई फिर्ता ल्याउन चाल्ने बदलाको कथा भन्छ । प्रधानमन्त्री मोदीले चाहिं उक्त धारा खारेज गरेपछि कश्मीरमा शान्ति बहाली हुने बताएका थिए ।

यशराज ब्यानर अन्तर्गत आदित्य चोपडाले निर्माण गरेको पठानमा शाहरुखले प्रमुख भूमिका निर्वाह गरेका छन् । दीपिका पादुकोणले महिला चरित्रतर्फ मुख्य भूमिका गरेकी छन् । उनी डा. रुबिना मोहसिनको भूमिकामा थिइन् । जोन अब्राहम खलपात्र जिमको रूपमा देखिए ।

निर्देशक सिद्धार्थ आनन्द र शाहरुखले पहिले नै निकट भविष्यमा पठानको सिक्वेल बनाउने बताएका थिए । फिल्मको सफलताको लागि निर्देशक सिद्धार्थ र निर्माता आदित्य चोपडालाई श्रेय दिएका किङ खानले जरुरी परेको बेला आफू सिक्वेलका लागि उपस्थित हुने बताएका छन् ।

उनले ‘पठान २’ सबै पक्षमा ठूलो र उत्कृष्ट हुने बताइसकेका छन् । पठानले भारत र पाकिस्तानबीचको दुस्मनीको कथा भन्छ । नेपालमा फिल्मले पहिलो साता ६ करोड ग्रस कलेक्सन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?