+
+

ओली नेतृत्वको राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १२:०२
पाइल तस्वीर ।

२६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ ।

संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो ।

नेताहरुका अनुसार सुदरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरुका बीचमा सहमति जुटेको छैन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरुको रिहाइलाई पहिलो सर्तका रुपमा अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?