+
+

फागुनमा निक्षेपको ब्याजदर स्थिर रहने, राष्ट्र बैंकले घटाएमा घट्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १३:१०

२६ माघ, काठमाडौं । नेपाल बैंकर्स संघले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । २६ माघ बिहीबार बिहान बसेको संघको बैंठकले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको बैंकर्स संघको एक कार्यकारी सदस्यले बताए ।

पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर १ माघदेखि ११ प्रतिशतमा झारेका थिए । बाह्य क्षेत्रमा क्रमीक सुधार हुँदै गएको र निक्षेप पनि सुधारोन्मुख भएकोले ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएकोछ ।

निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था नरहेको र ब्याजदर धेरै घटाउँदा सुधार हुदै गएको बाह्य क्षेत्रमा दबाब पर्ने र मौद्रिक नीति समीक्षा पनि आउँदै गरेकोले अहिलेलाई ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ । शुक्रबार हुने मौद्रिक नीति समीक्षाले बैंकदर घटाएमा भने बैंकहरुको निक्षेपको ब्याजदर पनि घट्नसक्ने एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।

‘ब्याजदर प्रकाशित गर्न आइतबासम्मको समय छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा बैंकदर घटाएमा ब्याजदर घटाउन सकिन्छ,’ उनले भने, ‘बैंकदर स्थिर भएमा निक्षेपको ब्याजदर फागुनमा स्थिर रहनेछ ।’

हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत रहेको छ । यस्तै बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र रेमिट्यान्स निक्षेपमा भने न्यूनतम १ प्रतिशत थप ब्याजदर दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?