+
+

टर्कीको भूकम्प प्रभावित स्थानमा रहेका २ नेपाली अझै आएनन् सम्पर्कमा

सागर चन्द सागर चन्द
२०७९ माघ २६ गते १४:२२
भूकम्पको केन्द्रबिन्दु नजिकैको शहरमा भत्किएका घर ।

२६ माघ, काठमाडौं । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २ जना नेपाली अझै सम्पर्कमा नआएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

टर्की समेत हेर्ने पाकिस्तान स्थित नेपाली दुतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अहिलेसम्ममा ३३ जना नेपाली रहेको पुष्टि भएको छ । ३१ जना नेपाली नागरिक दूतावासको सम्पर्कमा आएका छन् ।

जसमध्ये २ जना सम्पर्कमा नआएको टर्कीमा रहेका गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलले बताए । ‘दुई जना नेपाली त्यहाँ हुनुहुन्छ भन्ने थाहा छ,’ पौडेलले भने, ‘तर, उहाँहरुसँग सम्पर्क हुन सकिरहेको छैन ।’

सम्पर्कमा नआएका दुई जना नेपाली महिला हुन् । उनीहरु त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत रहेको पौडेलले बताए । महासचिव पौडेलका अनुसार सम्पर्कमा आएका एक जना नेपाली समान्य घाइते छन् ।

सञ्चार सम्र्पक टुटेका कारण भूकम्पग्रस्त सबैठाउँमा सम्र्पक हुन नसकेको पौडेलले बताए । भूकम्प गएको टर्कीको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । भूकम्पग्रस्त क्षेत्रमा नेपाली विद्यार्थी र घरेलु कामदार रहेकाछन् । कतिपय घरेलु कामदार गैरकानूनी रुपमा काम गरिरहेकाले सम्पर्क गर्न कठिनाई भएको पौडेलले बताए ।

भूकम्पग्रस्त क्षेत्रमा थप नेपाली हुनसक्ने अनुमान पाकिस्तानस्थित नेपाली दुतावासको छ । सम्पर्कमा आएका नेपालीका माध्यमबाट भूकम्पग्रस्त क्षेत्रमा रहेका अरु नेपालीका बारेमा बुझ्ने प्रयास भइरहेको दुतावासले जनाएको छ ।

सम्पर्कमा आएका अधिकांश नेपालीहरु सुरक्षित स्थान खोज्दै टर्कीको इस्तानबुल र अंकारा शहरतिर गइरहेकाछन् ।

टर्कीको गाजियान्टेप शहरलाई केन्द्रबिन्दु बनाएर सोमबार ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

चिसो, झरी र सडक भत्किएका कारण राहत तथा उद्धारमा कठिनाई भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पमा परेर १६ हजार मानिसको मृत्यु भइसकेको छ ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?