+
+

मिथिला कपको उपाधि बजाज युथ एकेडेमीलाई, बसिरको अलराउण्ड प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १८:५९

२६ माघ, सप्तरी । कलैया क्रिकेट क्लब बारालाई २२ रनले पराजित गर्दै बजाज युथ एकेडेमी सप्तरीले मिथिला कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

राजविराज बिस्नुपुरस्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेजको मैदानमा सम्पन्न फाइनलमा बजाज युथ एकेडेमीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा कलैया क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट क्षतीमा १२१ रन मात्र बनाउन सक्यो ।

कलैयाको ब्याटिङमा तृत राज दासले सर्वाधिक २८, पवन सर्राफले २३ , निरज यादवले अविजित १५ तथा रवी साहले १२ रन बनाए । बजाज युथका लागि राष्ट्रिय क्रिकेटर समेत रहेका देब्रे हाते स्पिनर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए ।

प्लेयर अफ द म्याच समेत घोषित अहमदले ४ ओभरमा २० रन खर्चिए ।

बिपिन खत्रीले २ तथा नितेश यादव, सिद्धान्त लोहनी र मिकु मण्डलले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बजाज युथले २० ओभरमा ८ विकेट क्षतीमा १४३ रन बनायो। बजाज युथको लागि राज वर्माले सर्वाधिक ३९ रन योगदान दिए ।

बसिर अहमदले २३, पप्पु यादवले १८, सिद्धान्त लोहनीले १६ तथा बिपिन खत्रीले १३ रन योगदान दिए ।

कलैयाका बलर तृत राज दासले ३ तथा भुलावन सहानी र जितेन्द्र यादवले १/१ विकेट लिए ।

उपाधि जितेको बजाज युथ एकेडेमीले १ लाख रुपैयाँ पुरस्कार पायो।  उपविजेता कलैयाले ५० हजार रुपैयाँ पायो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सिराहा क्रिकेट क्लबका रुपेश सिंह घोषित भए ।

एमसिटी मकवानपुरका शुभ कंसाकार उत्कृष्ट ब्याटर तथा एसके स्पोर्ट्सका रासिद खान उत्कृष्ट बलर बने भने उदयमान खेलाडी बजाज युथ एकेडमीका विशाल यादव घोषित भए ।

युवा शक्ति क्लबले आयोजना गरेको प्रतियोगितामा कुल १६ टोली सहभागी थिए । प्रतियोगिता माघ १४ गते सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?