+
+

सेप्टिक ट्याङ्कीमा खसेको  गैँडाको उद्धार   

रासस रासस
२०७९ माघ २८ गते १३:४९

२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेप्टिक ट्याङ्कीबाट उद्धार गरिएको छ ।

आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिई गैँडाको उद्धार गरिएको उनले बताए । अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टीट्याङ्कीमा फसेको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?