+
+

अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी, शृंखलामा अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २८ गते १४:५२

२८ माघ, काठमाडौं । स्पिनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको सानदार बलिङ सहयोगमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा एक इनिङ्स र १३२ रनको जितसहित शृंखलामा अग्रता बनाएको छ । चार टेष्टको शृंखलाका लागि अस्ट्रेलियन टिम भारत भ्रमणमा छ ।

नागपुरमा २२३ रनले पछि परेको स्थितिमा दोस्रो इनिङ्स सुरु गरेको अस्ट्रेलिया ९१ रनमा समेटिएपछि भारतले इनिङ्स जित निकालेको हो । भारतले तेस्रो दिनमै जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा १७७ रन बनाएको थियो । स्पिनरहरु रविन्द्र जडेजाले ५ र रविचन्द्रन आश्विनले ३ विकेट लिएपछि अस्ट्रेलिया कमजोर योगफलमा समेटिएको हो । उसका लागि मार्नुस लाबुस्चेनले ४९, स्टिभ स्मिथले ३६, पिटर ह्याण्ड्सकोम्बले ३१ र एलेक्स केरीले ३६ रन जोडेका थिए ।

कप्तान रोहित शर्माको शतकीय प्रदर्शनसँगै पहिलो इनिङ्समा ४०० रन बनाएर भारतले २२३ रनको अग्रता बनाएको थियो । टेष्ट क्रिकेटमा आठौं शतक बनाएका रोहितले १२० रनको योगदान गरे । मध्यक्रममा रविन्द्र जडेजाले ७० तथा अक्सर पटेलले ८४ रन जोडे । बलिङमा अस्ट्रेलियाका अफ स्पिनर टड मर्फीले ७ विकेट लिए । प्याट कुमिन्सले २ तथा नाथान ल्योनले १ विकेट लिए ।

दोस्रो इनिङ्समा अस्ट्रेलियालाई ९१ रनमै समेट्न भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए । मोहम्मद सामी र रविन्द्र जडेजाले २–२ तथा अक्सर पटेलले १ विकेट लिए । अस्ट्रेलियाका स्मिथले सर्वाधिक अविजित २५ रन बनाए ।

दोस्रो टेष्ट आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?