+
+

जनकपुरधाम पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्ष चयनमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १३:३४

२९ माघ, जनकपुरधाम । पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको १५औं अधिवेशनमा नयाँ कार्यसमिति चयनको लागि विवाद भएको छ ।

शनिबार बेलुकी अबेरसम्म चलेको अधिवेशनमा अध्यक्ष विष्णुदेव साह र अध्यक्षका दाबेदार किशुन्देव साह पक्षबीच विवाद भएको हो ।

नव कार्यसमितिको लागि निर्वाचन गर्ने शनिबार नै तय गरेको थियो । तर बन्द सत्रमा विष्णुदेवले हाउसकै समर्थन आफूलाई रहेको दावी गर्दै एकवर्ष कार्यकाल थप गराएका छन् ।

निर्वाचन समितिका अधिकृत राजनप्रसाद दहालले बन्द सत्रमा हाउसको समर्थनमा अध्यक्ष विष्णुदेव नेतृत्वको समितिको कार्यकाल एक वर्ष थप भएको घोषण गरेपछि उनलाई किशुन्देव पक्षले घेराबन्दी गर्दै प्रश्न गरेका थिए । त्यहाँबाट प्रहरीले उनलाई सुरक्षित निकालेका थिए ।

किशुन्देव पक्षले पत्रकारसम्मेलन नै गरेर विष्णुदेवले गैरकानुनी तरिकाले मनोमानी गरेर समय थपेकाले नमान्ने बताएका छन् ।

‘विष्णुदेवले निर्वाचन समितिलाई आफ्नो प्रभावमा पारेर थप एक वर्षको कार्यकाल पुनः हाउसकै समर्थन रहेको दावी गर्नुभयो । जबकी हाउसमा समर्थनमा भन्दा बढी त्यसको विरोध भयो । जव हामी यो षियको पत्रकार सम्मेलन गरी पर्दाफास गर्छौ भन्यौ, तब उनीहरु सबै यहाँबाट भागे । हामी यो विरुद्ध सम्बन्धित निकायमा जान्छौ’ किशुन्देवले भने ।

विष्णुदेव लामोसमयदेखि अध्यक्ष रहँदा लेवी उठेको झण्डै एक करोड रुपैयाँको हरहिसाब सार्वजनिक नगरेर अनियमितता गरेको, प्रट्रोलियम डिलर नै नभएका १३ जनालाई मनोमानी सदस्यता दिएको लगायतको आरोप किशुन्देवले लगाए ।

यता अध्यक्ष विष्णुदेवले आफूमाथि किशुन्देवले लगाएको आरोपमा सत्यता नरहेको दावी गरे । ‘मलाई हाउसले नै पुनः एकवर्षको कार्यकाल थप गरेको छ । निर्वाचन समितिले नै लेखेर दिएको छ । त्यसैले यो वैद्य हो’, उनले थपे, ‘मैले संस्थाको हिसाब किताब एकएक गरी राखेको छु । पारदर्शी नगरेको भनेको कुरा पनि गलत हो ।’

विष्णुदेव र किशुन्देब सहोदर दाजुभाइ हुन् । तर दुबैजना जनकपुर पेट्रोलियम डिलर्स एसोसिएशनमा पक्ष र विपक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?