+
+

गोरखामा महिला हत्या आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते २१:५६

२९ माघ, गोरखा । गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० बर्षीया बिमला कुमालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय खुइले भनिने चन्द्र बहादुर कुमाल र धिरज कुमाल रहेका छन् ।

यही माघ २४ गते राती १२ बजेको समयमा बिमला मृत अवस्थामा फेला परेकी थिइन् । धिरजको सहयोगमा चन्द्र बहादुरले उनको हत्या गरेको भनी जाहेरी परेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

घटना पश्चात फरार रहेका चन्द्रलाई कन्चनपुरको महेन्द्रनगरबाट र धिरजलाई गोरखा नगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । उनीहरु बिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?