+
+

मेस्सी युग सुरु भएयता बेलायतमा ‘लियो’ नामको लोकप्रियता ३५० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १७:१५

१ फागुन, काठमाडौं । सन् २००४ मा लियोनल मेस्सीले बार्सिलोनाका लागि डेब्यू गरेपछिको समयमा ‘लियो’ नामको लोकप्रियता ३५० प्रतिशतले बढेको एक अनुसन्धानले पत्ता लगाएको छ ।

आर्थिक सेवा प्रदायक युुुरोपेली कम्पनी मास्टरकार्डले पछिल्लो दुई दशकको जन्मदर्ता तथ्यांक विश्लेषण गरेको थियो । यसबाट के पत्ता लाग्यो भने बेलायतमा सन् २००४ यता जन्मिएका ७७ हजार जनाको नाम लियो राखिएको छ ।

केवल सन् २०२१ मा जन्मिएकामध्ये ५ हजार बालबालिकाका लागि लियो नाम दिइएको छ । अहिले ‘लियो’ इंग्ल्याण्ड र वेल्सको छैटौं लोकप्रियन नाम हो । जुन सन् २००३ मा ५३औं स्थानमा थियो । स्कटल्याण्डमा भने केटाहरुका लागि यो तेस्रो लोकप्रिय नाम हो । जबकि मेस्सीले डेब्यू गर्नुभन्दा १ वर्षअघि स्कटल्याण्डमा यो नाम १२२औं स्थानमा थियो ।

अनुसन्धानबाट के पनि पत्ता लागेको छ भने बेलायतमा हरेक दुई घण्टामा एक लियो जन्मन्छन् । र, यसको लोकप्रियता अझै बढिरहेको छ । अनुसन्धानमा समावेश गरिएकामध्ये २४ प्रतिशतले लियोनल मेस्सीलाई देखेपछि आफ्ना बच्चाको नाम लियो राख्ने सोचेको बताएका थिए ।

४ प्रतिशत अभिभावकले लियोनल मेस्सी अहिलेसम्मकै सबैभन्दा प्रेरणादायी फुटबलर भएको बताए । ५९ प्रतिशत अभिभावकले मेस्सी दृढ संकल्प र समर्पणका लागि एक सकारात्मक रोलमोडल भएकोमा सहमति जनाए ।

यूईएफए च्याम्पियन्स लिगको प्रायोजक मास्टरकार्डले बनाएको न्यू प्लेयर मस्कट किट मेसीले सार्वजनिक गरेको कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।

मंगलबारदेखि सुरु हुने च्याम्पियन्स लिग नकआउट चरणका खेलहरुमा युवा समर्थकहरुले सोही किट प्रयोग गर्नेछन् । मेस्सीको टिम पीएसजीले बायर्न म्युनिखसँगको खेलबाट च्याम्पियन्स लिग नकआउट चरण सुरु गर्नेछ ।

च्याम्पियन्स लिगको प्लेयर किट मस्कट प्रायोजक मास्टरकार्डले युवा समर्थकहरुलाई नयाँ किटका साथ मेस्सीसँग हात समाएर हिड्ने अवसर पनि दिँदैछ । नयाँ किट च्याम्पियन्स लिगका बाँकी सबै खेलहरुमा प्रयोग गरिनेछ ।

– डेलीमेलबाट अनुदित

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?