+
+

शाहरुख खानको ‘जवान’मा अल्लु अर्जुनले केमियो भूमिका गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ११:३३

काठमाडौं । ‘पठान’को सफलतापछि बलिउड अभिनेता शाहरुख खान अर्को फिल्म ‘जवान’को छायांकनमा व्यस्त भएका छन् । दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमार निर्देशित यो फिल्म शाहरुखको पहिलो ‘साउथ’ फिल्म हुनेछ ।

फिल्ममा साउथ स्टारहरु नयनतारा र विजय सेतुपाती पनि प्रमुख भूमिकामा रहनेछन् । यसैबीच अर्को खबर बाहिरिएको छ, जवानमा साउथ सुपरस्टार अल्लु अर्जुन केमियो भूमिकामा देखिंदैछन् ।

यसको आधिकारिक घोषणा भइनसकेको भएपछि अल्लुलाई एक विशेष डान्स गीतका लागि प्रस्ताव गरिएको छ । यसबारे अल्लु सकारात्मक रहेको जनाइएको छ । यो खबरपछि शाहरुख र अल्लुलाई एकसाथ पर्दा हेर्न दर्शकहरु उत्साहित भएका छन् ।

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको जवानमा सान्या मल्होत्रा र सुनिल ग्रोबरको पनि अभिनय रहनेछ । फिल्म आगामी २ जुनमा पाँच भाषामा रिलिज गर्ने तयारी छ । यो शाहरुखको पहिलो दक्षिण भारतीय फिल्म समेत हुनेछ ।

तेलुगू सुपरस्टार अल्लु अर्जुन भने आफ्नो ब्लकबस्टर फिल्म ‘पुष्पा’को दोस्रो शृंखलाको छायांकनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?