+
+

रानीमहल पुग्ने जोडीलाई भव्य स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १८:१४

२ फागुन, पाल्पा । ‘भ्यालेन्टाइन्स् डे’ को अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगरपालिकाले भव्य स्वागत गरेको छ ।

तानसेन नगरपालिकाले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहीत जोडीहरुलाई सम्मान तथा स्वागत गरेको हो ।

आज प्रेम दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी जोडीहरुलाई सम्मानसँगै स्वागत गरिएको नगरपालिकाका प्रवक्ता यादवसिहं कार्कीले जानकारी दिए । त्यहाँ पुग्ने २५ जोडीलाई विशेष सत्कारसमेत गरिएको छ ।

उनीहरुलाई गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन समेत गरिएको थियो । नगरपालिकाले युगल प्रेमिल जोडीलाई रातो कार्पेटमा राखेर रातो गुलावको फूल साटासाट गरी स्वागत गरेको थियो ।

प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगर सरकारले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।

प्रेमको प्रतीकको रूपमा रहेको रानीमहललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको तानसेन
नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

पर्यटन प्रवद्र्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?