+
+

माघ महिनामा ७ हजार ६१८ जना विद्यार्थीले लिए एनओसी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १९:२९

३ फागुन, काठमाडौं । माघ महिनामा मात्रै ७ हजार ६१८ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको अनुसार माघ महिनामा मात्रै विभिन्न देशमा अध्ययन गर्न जान चाहने ७ हजार ६१८ जना विद्यार्थीले एनओसी लिएका छन् ।

शाखाले जारी गरेको तथ्यांक अनुसार सबैभन्दा बढी अष्ट्रेलियाका लागि मात्रै तीन हजार ५१७ जना विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तैगरी क्यानडाको लागि दुई हजार २४८ जना विद्यार्थीले, दक्षिण कोरियाका लागि ५९६ जना विद्यार्थीले, युकेको लागि ३५२ जना विद्यार्थीले एनओसी लिएका छन् ।

जापान, चीन, न्युजिल्यान्ड, भारत लगायत ३६ राष्ट्रको लागि विद्यार्थीले एनओसी लिएका छन् । एनओसीका लागि आवेदन दिएका १११ जना विद्यार्थीको आवेदन रद्द भएको शाखाले जनाएको छ । एनओसीका लागि विद्यार्थीले तिरेको राजस्व एक करोड ५९ लाख भन्दा बढी संकलन भएको शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?