+
+

पारस खड्काको एकेडेमीले पहिलोपल्ट राष्ट्रियस्तरको यू–१९ क्रिकेट खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १४:०१

४ फागुन, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सञ्चालन गरेको एकेडेमी क्रिकेट एक्स्लेन्स सेन्टर (सीईसी) पहिलोपल्ट राष्ट्रियस्टरको यू–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ ।

रुपन्देहीको भैरहवामा हुन लागेको खडगप्रसाद गौतम स्मृति पाँचौं यू–१९ राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सीईसी टिम विहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।

सीईसीले आफ्नो एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरुमध्ये करण घर्तीमगरको कप्तानीमा टिम घोषणा गरेको छ ।

सीईसी टोलीलाई वागमती प्रदेश खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारी, वागमती क्रिकेट प्रदेश संघका अध्यक्ष राजु बस्न्यातलगायतले बिदाइ गरेका हुन् । २०७८ साउनमा खेलाडी जीवनबाट सन्यास लिएको केहि समयमै पारसले एकेडेमी स्थापना गरी प्रशिक्षण सुरु गरेका थिए ।

एकेडेमीले यसअघि नेपाल–पाकिस्तान मैत्रीपूर्ण शृंखला र एकेडेमी तथा कलेजस्तरीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाए पनि प्रतियोगिताका लागि काठमाडौंबाहिर गएको पहिलोपल्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?