+
+

मल्लको नेतृत्वमा ह्यान्डबल संघको तदर्थ समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १९:१९

४ फागुन, काठमाडौं । विश्व बम मल्लको अध्यक्षतामा नेपाल ह्यान्डबल संघ तदर्थ समिति गठन गरिएको छ ।

ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाए ।

सदस्यमा रामकृष्ण केसी, विकास खनाल, रत्नज्योति मानन्धर, विराटमान वज्राचार्य, रविन धौभडेल, राकेश राई, बसन्त श्रेष्ठ, श्याम खरेल, पुरुषोत्तम लामिछाने, कमला विष्ट, राम गुरुङ, टेकबहादुर विक, रामेश्वर श्रेष्ठ र विमलेश सिंह रहेका छन् ।

समितिलाई ३ महिना भित्र विधान मस्यौदा तयार गरी परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?