+

जोटाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रोनाल्डोले भने- विश्वास गर्न सकिरहेको छैन

२०८२ असार  १९ गते १६:३४ २०८२ असार १९ गते १६:३४
जोटाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रोनाल्डोले भने- विश्वास गर्न सकिरहेको छैन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिभरपुल र पोर्चुगलका फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर विश्वभर फैलिएको छ।
  • पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमार्फत गहिरो समवेदना व्यक्त गरेका छन्।
  • उनले परिवारलाई संसारकै सबैभन्दा ठूलो शक्ति र हिम्मत मिलोस् भनी कामना गरेका छन् ।

१९ असार, काठमाडौ् । लिभरपुल र पोर्चुगलका फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएपछि विश्वभरबाट शोक सन्देश आइरहेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि सामाजिक सञ्जालमार्फत गहिरो समवेदना प्रकट गरेका छन्।

रोनाल्डोले लेखेका छन्, ‘केही समयअघि मात्र हामी राष्ट्रिय टिममा सँगै थियौं। अझै भर्खर तिमी विवाह बन्धनमा बाँधिएका थियौ। यो विश्वास गर्नै गाह्रो भइरहेको छ।’

उनले जोटाको परिवारप्रति समवेदना प्रकट गर्दै थप लेखे, ‘तिम्रो परिवार, श्रीमती र बच्चाहरूलाई मेरो समवेदना। म उनीहरूलाई संसारकै सबैभन्दा ठूलो शक्ति र हिम्मतको कामना गर्छु। मलाई थाहा छ, तिमी सधैं उनीहरूका साथ रहनेछौ।’

अन्त्यमा रोनाल्डोले लेखेका छन्, ‘रेस्ट इन पिस, डियगो र आन्द्रे। हामी सबै तिमीलाई धेरै सम्झनेछौं।’

रोनाल्डो र जोटाले सँगै खेलेर गत महिना सम्पन्न यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेका थिए ।

जोटासँगै कारमा रहेका उनका भाइ आन्द्रे सिल्भाको पनि निधन भएको छ ।

क्रिस्टियानो रोनाल्डो डिएगो जोटा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय