+
+

नेपालले टस जितेर फिल्डिङ रोज्यो, ललितको ठाउँमा गुल्सन समावेश

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते ८:२६

५ फागुन, काठमाडौं । आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

पहिलो खेलको टोलीमा एक परिवर्तन भएको छ । नेपालले स्पिनर ललित राजवंशीको स्थानमा ती्र गतिका बलर गुल्सन झालाई टोलीमा समावेश गरेको छ ।

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ ।

नेपालको प्लेङ ११

आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दिप जोरा र सन्दीप लामिछाने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?