+
+

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते ११:५०

१३ फागुन, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप  लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । थप ५४ रन जोड्दा ६ विकेट गुमायो ।

तर क्रिजमा टिकेर खेलेका भुर्तेलले ३१औं ओभरको अन्तिम बलमा एक रन लिंदै अर्धशतक पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?