+
+

नामिबियाविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते ७:३८

३ फागुन, काठमाडौं । नेपालले आईसीसी विश्वकपलिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत आज पहिलो खेल नामिबियासँग खेल्दैछ । खेलबिहान साढे ९ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेेपालले यसै साता क्यानडासँगको तीन खेलको सिरिज क्लिन स्विप गरेको थियो । कुनै पनि टोलीले आफनो प्लेइङ-११ विपक्षी टोली र कन्डिसनलाई हेरेर निर्धारण गर्ने गर्दछन् ।

नेपालको ओपनिङ कुशल भुर्तेल र अनिल शाहले गर्ने सम्भावना छ । कुशल पहिलो रोजाइका ओपनर हुन् । अनिलले क्यानडासँग दोस्रो खेलमा ५० र तेस्रो खेलमा ११२ रनको शतकीय इनिङ खेलेका थिए । त्यसैले आसिफ शेखलाई बाहिर राख्दै अनिललाई मौका दिने सम्भावना बढी रहन्छ । अर्कोतर्फ किपिङमा पनि आसिफभन्दा अनिलको राम्रो मानिन्छ ।

क्यानडाविरुद्ध अन्तिम खेलमा शतक हानेका भीम सार्कीलाई तेस्रो नम्बरमा खेलाउने सम्भावना छ । भीमको टोलीमा भूमिका एकतर्फबाट विकेट नगुमाइ लगातार सिंगल डबल रन जोड्दै इनिङ विकास गर्ने हुनसक्छ ।

चौथो नम्बरमा कप्तान रोहित पौडेल खेल्नेछन् । रोहित नेपालका प्रमुख ब्याटर हुन् । पाँचौं नम्बरमा आरिफ शेख र कुशल मल्लमध्ये एक हुनेछन् ।

आरिफ संयमित र कुशल आक्रामक ब्याटिङ खेल्ने छन् ।

सातौं नम्बरमा दीपेन्द्रसिंह ऐरी खेल्दै आएका थिए । तर, दीपेन्द्र इन्टरनेशल लिग टी-२० क्रिकेटको कारण पहिलो खेल गुमाउने छन् । यो अवस्थामा पवन सरार्फ खेल्ने देखिन्छ ।

नामिबियाका माइकल भानलिंगेन, जे जे स्मिथ, जेन फ्रेलिंक र जेपीकोट्जी बायाँ हाते ब्याटर हुन् । त्यसैले गर्दा अफ स्पिनको विकल्पमा पवनको सम्भावना बलियो छ ।

त्यसपछि सोमपाल कामी, करण केसी र गुलशन झा हुनेछन् । गुलशनले यू-१९ विश्वकपमा राम्रो नगरे पनि सिनियर टोलीमा विश्वास गर्ने सम्भावना छ ।

यी तीन नेपालका तीव्र गतिका बलर हुन् । स्पिनर ललित राजवंशी हुनेछन् । पार्टटाइमा पवन र रोहित हुनेछन् । कुशल मल्लले पूरा १० ओभर स्पेल गर्ने सम्भावना रहन्छ । कुशल भुर्तेल लेग स्पिनको विकल्प बन्न सक्छन् ।

नेपालको सम्भावित प्लेइङ-११

कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, पवन सरार्फ, गुलशन झा, करण केसी, सोमपाल कामी र ललितनारायण राजवंशी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?