+
+

क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा, रिजन, हेमन्त र आकाश पहिलो पटक टिममा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १९:४३
फाइल तस्वीर ।

२१ माघ, काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ ।

बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुबै सिरिजमा टोलीमा परेका छन् । तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई नेपाली टोलीमा परेका छन् ।

रिजन, आकाश र हेमन्त पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका हुन् ।

बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।

आकाश चन्दले यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध एक्लै ५ विकेट लिएका थिए । हेमन्तले खुट्टामा लागेको चोटका कारण यू-१९ विश्वकप गुमाएका थिए । उनले इनस्विङ्गका साथ शानदार प्रदर्शन गर्दै आएका छन् ।

क्यानडासँगको सिरिज ८ देखि १२ फेब्रुअरीमा हुनेछ । लिग २ मा नेपालले १५ फेब्रुअरी देखि २४ सम्म खेल्नेछ ।

क्यानडासँग खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह ।

लिग २ खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?