+
+

नेपाल र स्कटल्याण्डको खेल आज, जितलाई निरन्तरता दिने लक्ष्यमा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते ७:१९
त्रिवि मैदान कीर्तिपुरमा नेपाली क्रिकेट टिम । फाइल तस्वीर

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए भने करण केसीले ५ विकेट लिएका थिए ।

त्यसपछि स्कटल्याण्डले पनि नामिबियालाई सहजै हराएर तीन खेल अगावै लिग २ मा शीर्ष स्थान पक्का गरिसकेको छ । जर्ज मुन्सीको शानदार शतकमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो ।

शीर्ष पाँच स्थानमा रहँदै ओडिआई मान्यतालाई जोगाउने अभियानमा रहेको नेपालले घरेलु मैदानमा भइरहेको श्रृंखलामा सकेसम्म धेरै खेल जित्ने लक्ष्य बनाएको छ ।

यस्तो छ हेड टु हेड

पछिल्ला दुई श्रृंखलामा ८ खेल खेल्दा नेपालले जम्मा १ खेल जितेको थियो । त्यो जित स्कटल्याण्ड विरुद्ध नै गत जुलाईमा थियो । त्यसपछि नामिबियामा गत डिसेम्बरमा खेलेको श्रृंखलामा नेपालले कुनै खेल जित्न सकेन ।

यस पटक घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले श्रृंखलाको पहिलो खेलमै नामिबियालाई हरायो । ओडिआई मान्यता पाएपछि नेपालले नामिबियालाई हराएको पनि यो पटक हो ।

अब स्कटल्याण्ड विरुद्ध नेपालको असली परिक्षा हुनेछ । लिग–२ को अन्तिम श्रृंखला खेलिरहेको स्कटल्याण्डको ३३ खेलबाट ४८ अंक छ । २५ खेलबाट २० अंक जोडेको नेपाल छैटौं स्थानमा छ ।

लिग–२ को शीर्ष स्थानमा रहेर आगामी जुन–जुलाईमा जिम्बावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान पक्का गरिसकेको स्कटल्याण्डका लागि अबका खेलमा कुनै दबाब हुने छैन ।

नेपालले यसअघि स्कटल्याण्ड विरुद्ध खेलेको पहिलो ओडिआई खेल नै जितेको थियो । तर त्यसपछिका लगातार तीन खेलमा नेपाल पराजित भएको छ ।

समग्रमा स्कटल्याण्ड विरुद्ध नेपालले चार ओडिआई खेल्दा एक खेल मात्र जितेको छ भने तीन खेलमा स्कटल्याण्ड विजयी भएको छ ।

गत जुलाईमा लिग टु अन्तर्गत स्कटल्याण्डमै भएको श्रृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । त्यही श्रृंखलाको अर्को खेलमा नेपाल स्कटल्याण्डसँग सहजै ८ विकेटले पराजित भयो । डिसेम्बरमा नामिबियामा भएको लिग–२ श्रृंखलाको पहिलो खेलमा नेपालले टक्कर दिएपनि स्कटल्याण्डसँग ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।

जारी श्रृंखलामा नेपाल र स्कटल्याण्डबीचकै दोस्रो खेल शनिबार हुनेछ ।

नेपाल भर्सेस स्कटल्याण्ड हेड टु हेड (ओडिआई)

कूल खेल : ४

नेपाल विजयी : १

स्कटल्याण्ड विजयी : ३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?