+
+

सट्टेबाजीमा संलग्न भएको आशंकामा त्रिवि क्रिकेट मैदानबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १२:०३
नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा भइरहेको त्रिवि क्रिकेट मैदान क्षेत्रमा तैनाथ प्रहरी र दर्शक ।

५ फागुन, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपी सन्जय सिंह थापाले सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

त्रिवि मैदानमा खटिएका प्रहरीहरुले नै एक व्यक्तिलाई पक्राउ गरेको थापाको भनाइ छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन ।

त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?