+
+

‘घरमा गाली खाएँ’ भनेको युवकसँगै गायिका त्रिशला गुरुङले गरिन् विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १३:५७

काठमाडौं । गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग विवाह गरेकी छन् । बिहीबार यी दुई संगीतकर्मीबीच लगनगाँठो कसिएको हो । रोहित उनै हुन् जसलाई प्रेमी भनेर चिनाउँदा त्रिशलाले मिडियालाई गाली गरेकी थिइन् भने आफूले घरमा समेत गाली खाएको बताएकी थिइन् ।

रोहितसँग अफेयर नभएको र समाचार झुटो भएको जवाफ उनले दिएकी थिइन् । आफ्नै अभिव्यक्तिको खण्डन गर्दै त्रिशलाले रोहितसँगै विवाह गरेकी छन् । त्रिशलाले प्रेम रहेको सन्देश दिन खालको स्टाटससहित रोहितको फोटो सार्वजनिक गरेकी थिइन् ।

निकट स्रोतका अनुसार त्रिशला र रोहित केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?